चिनियाँ स्वर्ण पदक विजेता खेलाडी द्वारा माओको तस्बिर भएको ब्याज लगाउनु ओलम्पिक नियमको उल्लंघन भएको जिकिर, अनुसंधान हुदै

Breaking News अन्तर्राष्ट्रिय खेलकुद समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

टोकियो – अन्तराष्ट्रिय ओलम्पिक कमिटीले दुई चिनियाँ साइकल खेलका खेलाडीहरु द्वारा पदक समारोहको क्रममा चिनका पूर्व नेता माओत्सेतुओंगको तस्बिर भएको ब्याज लगाएको प्रती अनुसंधान सुरु गरेको छ।

ओलम्पिक कमिटीका एकजना प्रवक्ताले गराएको जानकारी अनुशार आईओसीले घटनाको बारेमा रिपोर्टको लागि चिनियाँ ओलम्पिक समितिलाई सम्पर्क गरेको थियो।

सोमबार भएको साईकल दौडमा चिनका बाओ सान्जु र जोंग तियान्शीको जोडीले महिला साईकल स्प्रिन्ट जितेको थियो।

दुबै खेलाडीहरु द्वारा ओलम्पिक नियमहरुको उल्लंघन गरिएको जिकिर गरिएको छ। ओलम्पिक चार्टरको अनुच्छेद ५० मा भनिएको छ, “कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचार कुनै ओलम्पिक स्थल, स्थल वा अन्य क्षेत्रमा अनुमति छैन”।

केही दिन अघी मात्र अमेरिकाका सटफुट खेलाडी द्वारा पनी पदक समारोहका दौरान आफ्ना दुबै हाथलाई क्रसको चिन्ह बनाएका बारेमा अनुसंधान नसकिदै चिनका खेलाडीले माओत्सेतुओंगको तस्बिर भएको ब्याज लगाउनुले टोकियो ओलम्पिकमा बिबाद स्रिजना गरेको छ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *