३०३ तालिबान विद्रोही मारिए

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ – अफगानिस्तान सुरक्षाकर्मीले गरेको कारबाहीमा कम्तिमा ३०३ तालिबान मारिएका छन् । अन्तर्‍ाष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार गएको चौबीस घण्टामा गरिएको कारबाहीमा थप १२५ तालिबान विद्रोही घाइते भएका छन् ।

समाचार संस्था एएनआइले अफगानिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै विभिन्न प्रान्तमा चलाइेको कारबाहीमा भारी संख्या तालिबान विद्रोही मारिएको उल्लेख गरेको छ । नानगढ, लघमान, गजनी, पक्तिका, कान्धार, जाबुल, हेरात, जौजन, समानगन, फरयाब लगायतको प्रान्तमा कारबाहीको क्रममा ठूलो संख्यामा तालिबान विद्रोही मारिएको बताइेको छ ।

हालसम्म तालिबानले अफगानिस्तानको २२३ जिल्लामा नियन्त्रण पाएको बताइेको छ । सुरक्षाकर्मीबाट ११६ जिल्लाको नियन्त्रण खोस्न तालिबानले संघर्ष गरिरहेको छ । सुरक्षाकर्मीको नियन्त्रणमा मात्र ६८ मा नियन्त्रण कायम रहेको युद्ध जर्नलले उल्लेख गरेको छ । ३४ मध्ये १७ प्रान्तको राजधानीमा तालिबान विद्रोहीको प्रभाव रहेको बताइेको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *