कोरोना भाइरस – ३,९३८ जनामा संक्रमण, ३७ जनाको मृत्यु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३९३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा दुई हजार १२ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९४ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९३.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । जसमध्ये ३१ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३१४ जना संस्थागत आइसोलेसनमा रहेका छन । कोरोनाका बिरामीमध्ये ७१३ जना आइसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत छन ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *