“प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैले बनाउने छन् भिडियो। नत्र पार्टीले बनाउला” – काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – आज सामाजिक संजाल भरी काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लाई लिएर बनाईेको भिडिओ सम्बंधी सर्बत्र चर्चा भयीरहेको बेला काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनी उकत् भिडिओलाई लिएर आफ्नो धारणा ब्यक्त गरेका छन।

‘मलाई शेरबहादुर मनपर्छ किनभने …’ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा लाई लिएर बनाईेको भिडिओ लाई देउवाको सचिवलायले सार्वजनिक गरिरहेको छ। हालसम्म देउवाको सचिवलायबाट यसप्रकारका तीनवटा भिडियोहरु सार्वजनिक भएका छन्।

सोही भिडिओको विषयमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो धारणा सार्वजनिक गरेका छन् र अहिलेको समय काम गर्ने हो भनेका छन। साथै उनले काम राम्रो भए जनता आफैले भिडियो बनाउने छन् भनेर लेखेका छन ।

आफ्नो सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्, ‘प्रधानमन्त्रीले काम गर्ने बेला हो यो। उहाँलाई सही सल्लाह र साथ दिने बेला हो। काम राम्रो भए जनता आफैले बनाउने छन् भिडियो। नत्र पार्टीले बनाउला। पहिले फुल रोपौं, गोडमेल राम्रो गरौं, सुवास प्रकृतिले पछि फैलाउँछ। प्रधानमन्त्रीको सचिवालयको ध्यानाकर्षण गराएको छु। जय नेपाल !


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *