“ईसाराले बोलाउनु पर्दैन” पुरानो गित धुर्मुस सुंतलीको नया चलचित्र “मत मर्छु की क्या हो” मा [भिडिओ]

मनोरञ्जन
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – सुबिहानि फिल्मको प्रस्तुती र धुर्मुस-सुंतली प्रोडक्सनको पहिलो नेपाली चलचित्र “मत मर्छु कि क्या हो” को पहिलो गित सार्बजनिक गरिएको छ। पुरानो नेपाली चलचित्र अन्यायको सुमधुर गित “ईसाराले बोलाउनु पर्दैन” लाई हुबहु प्रस्तुत गरिएको छ।

युटुबमा धुर्मुस-सुंतलीको आधिकारिक च्यानल बाट धुर्मुस सुंतलीले आफ्नो नया चलचित्रको गित सार्बजनिक गरेका छन।

चलचित्र अन्यायको सुमधुर गित “ईसाराले बोलाउनु पर्दैन” लाई भारतिय गायक भुपिन्दर सिंघ र दीपा झाले गाएका थिए। उक्त गितमा संगुत रंजित गज्मेरको रहेको थियो।

सार्बजनिक गरिएको भिडिओमा सिता राम कट्टेल (धुर्मुस) र कुंजना घिमिरे(सुंतली) लाई फिचर्ड गरिएको छ।

लामो समय देखी निर्माणमा गरेको चलचित्रमा सिता राम कट्टेल (धुर्मुस) र कुंजना घिमिरे(सुंतली) मुख्य भुमिकामा रहेका छन। साथै चलचित्रमा प्रख्यात कलाकारहरु रबी गिरी, बुद्धी तामांग, बिजय बराल र पल्पाशा डंगोल जस्ता कलाकार हरुले समेत अभ्बिनय गरेका छन।

“मत मर्छु कि क्या हो” चलचित्रको निर्देशन धुर्मुस-सुंतली आफैले गरेका छन भने संगित राजेन्द्र बजगाईको रहेको छ।

गितको भिडिओ


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *