एमसीसीमा नेपाली जनताहरुलाई पटक्कै चित्त नबुझेको कुनै शर्तहरु छन् र ति शर्तहरु अमेरिकाले हटाएन भने सरकारले जबर्जस्ति अनुदान स्वीकार गर्नु हुँदैन – डा माहाबिर पुन

Breaking News विचार/ब्लग समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमांडौ – एमसीसीलाई लिएर देश भरी चर्चा परिचर्चा, बिरोध हुदै गर्दा आफ्ना समर्थक र सुभचिन्तक हरुले म्क्क् सम्बधि किन नबोलेको दाई भनेर भंदै गर्दा आफु एक सार्बजनिक व्यक्ति भएकोले नेपालीहरुले सोधेको प्रश्नको जवाफ दिनु आफ्नो ठुलो कर्तब्य हो भन्दै धारण ब्यक्त गरेका छन। डा माहाबिर पुनले एमसीसीमा नेपाली जनताहरुलाई पटक्कै चित्त नबुझेको कुनै शर्तहरु छन् र ति शर्तहरु अमेरिकाले हटाएन भने सरकारले जबर्जस्ति अनुदान स्वीकार गर्नु हुँदैन भनेका छन।

आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोषट गर्दै डा माहाबिर पुनले शर्त सहितको कुनै पनि दानअनुदान दिन्छ भने मैले त्यस्तो दानअनुदान पटक्कै लिंनु हुदैन भन्दै पूर्ण रुपमा अनुदान भनिएको म्क्क् मा नेपालको स्वाभिमानमा आंच आउने कुनै नाजायज शर्तहरु छन् भने हटाइनु पर्दछ भन्ने आफ्नो मत छ भनेका छन। साथै उनले एमसीसीमा नेपाली जनताहरुलाई पटक्कै चित्त नबुझेको कुनै शर्तहरु छन् र ति शर्तहरु अमेरिकाले हटाएन भने सरकारले जबर्जस्ति अनुदान स्वीकार गर्नु हुँदैन बताएका छन।

आफ्नो फेसबुकमा डा माहाबिर पुन लेख्दछन,

“MCC सम्बधि किन नबोलेको दाई भनेर धेरैले भन्नु भएको छ । म सार्बजनिक व्यक्ति भएकोले नेपालीहरुले सोधेको प्रश्नको जवाफ दिनु मेरो ठुलो कर्तब्य हो । त्यसैले मेरो धारणा राखेको छु ।

१। MCC एउटा आर्थिक पाटो जोडिएको राजनैतिक मुद्दा हो । राजनैतिक मुद्दा भएको हुनाले र म कुनै राजनैतिक प्राणी नभएको हुनाले मात्र केहि नबोलिकन बसेको हो । तर धेरै नेपालीहरुले केहि त बोलि दिनु होस भनेर आग्रह गरेको हुनाले नितान्त व्यक्तिगत धारणा मात्र राखेको छु । कसैले दुख पीर नमान्नु होला र मलाई कुनै मार्का वा बिल्ला नदिनु होला । चित्त बुझेन भने ९८४१५९२३६१ मा फोन गर्नु होला, अनि बात मारुमला नि त ।

२। म शर्त सहितको कुनै पनि दान वा अनुदान लिने पक्षको व्यक्ति पहिले पनि थिएन र अहिले पनि छंदै छैन । कसैले शर्त राखेर दानअनुदान दिन्छ भने मैले त्यस्तो दानअनुदान पटक्कै लिंदैन । मानवताको नाताले अथवा कसैको दुख देखेर कुनै धनी व्यक्तिदेशले अर्को अत्यन्तै दुखीगरीब व्यक्ति वा देशलाई कुनै दानअनुदान दिन्छ भने बिना कुनै शर्त दिनु पर्दछ भन्ने सैधान्तिक कुरामा बिश्वास गर्दछु । तर दान वा अनुदान ग्रहण गर्ने व्यक्ति वा देश जति नै दुखिगरिब भए पनि अलि खराब चरित्रको वा भ्रष्ट छ भने दानअनुदानको दुरुपयोग नगरोस भनेर केहि कडा शर्त राख्नु नाजायज हुँदैन । तर दानअनुदान दिने दाताले दानअनुदान दिएँ भन्दैमा दान ग्रहण गर्ने व्यक्तिदेशको स्वाभिमानमा आंच आउने कुनै नाजायज शर्त राखेर फाइदा लिनु हुँदैन र नाजायज फाइदा लिने प्रयास गरेमा बिरोध गर्नु पर्छ भन्ने कुरामा दृढ बिश्वास गर्दछु ।

३। पूर्ण रुपमा अनुदान भनिएको MCC मा नेपालको स्वाभिमानमा आंच आउने कुनै नाजायज शर्तहरु छन् भने हटाइनु पर्दछ भन्ने मेरो मत छ । यदि नेपाली जनताहरुलाई पटक्कै चित्त नबुझेको कुनै शर्तहरु छन् र ति शर्तहरु अमेरिकाले हटाएन भने सरकारले जबर्जस्ति अनुदान स्वीकार गर्नु हुँदैन भन्ने मेरो राय छ । किन भने सरकारले दाताको होइन कि जनताको मन जित्ने काम गर्नु पर्दछ । सरकारले जनताको चित्त दुख्ने र राष्ट्रको हित बिपरित काम गर्यो भने अर्को चुनाबमा भोट दिंदैनन भन्ने हेक्का राख्नु पर्दछ । जनताको भोट भनेको कुनै पनि राजनैतिक पार्टीको लागी अति नै बहुमुल्य सम्पति हो र भोट भन्दा बहुमुल्य सम्पति राजनैतिक पार्टीहरुको लागी अरु हुने सक्दैन । यो कुरा बुझे राम्रो हुन्छ ।

४। नेपाल मात्र होइन कुनै पनि देश जब जब सम्म आर्थिक रुपमा गरीब हुन्छ तब तब सम्म आर्थिक र सामरिक रुपमा बलियो र धनी देशहरुले म्क्क् जस्ता र यस्तै प्रकृतिका अनेकौं हस्तक्षेपहरु निर्बलियो र गरिब देशहरुलाई गरि रहन्छन । यो कलियुगको चलन नै हो । कलियुगको अन्त नभए सम्म यस्तो बल मिच्याईको घटना भै नै रहनेछ ।

५। तसर्थ म्क्क् को बिषयमा नेपालीहरु आपसमा झगडा गरि रहनु र विभाजित हुनु भन्दा पनि एकताबद्ध भएर देशलाई आर्थिक रुपमा बलियो बनाउने महत्वपुर्ण कदमहरु चाल्नु पर्दछ । साथै ५५ अर्ब रुपैंयाको अनुदानको लागी चाकरी गरि रहनु पर्दैन र जनताको चित्त दुखाउनु पर्दैन । देशलाई आर्थिक रुपमा बलियो बनाउने हो भने म्क्क् जस्ता अनुदानहरु लिनु पर्दैन र कसैले पनि राजनैतिक हस्तक्षेप गर्न सक्दैन । अनुदानहरु नै लिएर देशलाई समृद्ध बनाउने सपना कसैले नदेखे पनि हुन्छ । अनुदान लिने बानी गर्यो भने देश कहिल्यै पनि स्वाभिमानी र स्वाबलम्बी बन्दैन । त्यस्तो देशको अस्तित्व जहिले पनि खतरामा हुन्छ । अहिले नेपालमा भए कै यहि हो । देशलाई बैदेशिक हस्तक्षेप र खतरा बाट मुक्त गर्न आर्थिक बिकास गरेर समृद्ध बनाउनु भन्दा अर्को बिकल्प छैन । नत्र भने अहिलेको जस्तै भाँडभैलो हुन्छ र देशको अस्तित्व कालान्तरमा रहदैन । विश्वमा बिगत ५० बर्षमा पनि धेरै निर्बलियो देशहरु ईतिहासमा बिलिन भएका छन ।

६। देशलाई आर्थिक रुपमा बलियो बनाउने काम भनेको हामीले नै गर्न सकिने काम हो र कसैलाई आफु तल परेर गुहार्नु पर्दैन। देशलाई आथिक रुपमा बलियो बनाउन चाहिने अत्यन्तै बहुमुल्य सम्पति भनेको देशको प्रतिभाशाली र सृजनशील सन्ततिहरु हुन् । यी प्रतिभाशाली संततिहरु भन्दा कुनै पनि देशले दिने दानअनुदान कदापी मुल्यवान हुनै सक्दैन । प्रतिभाशाली संततिहरुलाई देशमा नै राख्न र विदेश पलायन हुन बाट रोक्न आबश्यक पर्ने निष्पक्ष बाताबरणहरु नेपालमा सिर्जना गर्नै पर्दछ । त्यसको लागी नेपाली समाजले बिज्ञान तथा प्रविधिलाई उच्चतम प्राथमिकता दिएर अनुसन्धान तथा बिकासको काममा कत्ति पनि कन्जुस्याई नगरिकन मन फुकाएर र आँखा चिम्लेर खर्च गर्ने संस्कार बसाल्नु पर्दछ । जब सम्म यस्तो संस्कार बसालिदैन देश कुनै पनि हालतमा समृद्ध हुँदैन र MCC जस्ता घटनादुर्घटना हरु नेपालमा भै नै रहने छन् । यो मेरो अकाट्य भबिष्यबाणी हो । नेपालीहरुले यो भविष्यबाणीलाई पत्याय पत्याउनु होस् नपत्याए केहि फरक पर्दैन ।

लौ त, मैले अहिले सम्म बुझेको कुरा यहि हो । त्यसैले अनुसन्धान द्वारा आर्थिक बिकास गरेर देशको अस्तित्व लाई बचाउनको लागी राष्ट्रिय आविष्कार केन्द्र भन्ने संस्था बैधानिक रुपमा नै खोलेर देशका प्रतिभाशाली सन्ततिहरुको सहयोगार्थ बिगत तिन बर्ष देखि एउटा महायज्ञ संचालन गरि रहेको छ । सबैको आँखा खुलोस र भगवानले सबै नेपालीलाई सद्बुद्धि दिउन । तथास्तु । “


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *