काठमाडौं – सत्तापक्षको रणनीति र मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद् अवरोध गरिरहेको छ ।एमालेको अवरोधका बाबजुद संसद्लाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताईेको छ।