पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला वली द्वारा अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी

Breaking News राजनीति समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

बुटवल – लुम्बिनी प्रदेश सांसद विमला वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन् ।

पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म दाङबाट ल्याएर बन्धक बनाएको भन्दै अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै वलीले किटानी जाहेरी दिएकी हुन् ।

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्‍वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई कारबाहीको माग गरेकी छिन् ।

सांसद विमला वलीले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएकी भएपनि घटनाको सुरुवात दाङबाट भएको भन्दै दाङमै पठाइएको प्रहरी स्रोतको भनाइ छ ।

व्यवस्था मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन सक्छन् । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *