महानगरमा भौतिक उपस्थितिमा पठनपाठन

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ – काठमाडौँ महानगरपालिकाले असोज पहिलो साताबाट आठ कक्षाभन्दा माथिल्लो तहको पठनपाठनलाई भौतिक रूपले सञ्चालन गर्ने भएको छ ।ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेबाट भौतिक रूपमा कक्षा सञ्चालन गर्न विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ ।

काठमाडौँ महानगरका शिक्षा अधिकृत मोतीप्रसाद भट्टराईले स्वास्थ्य मापदण्डको पालना गर्दै आठदेखि १२ सम्मको कक्षा भौतिक रूपमा सञ्चालन गर्ने बारेमा कुराकानी भैरहेको जानकारी दिए ।

यस विषयमा असोज ३१ गते महानगरको शिक्षा समितिको बैठकबाट औपचारिक निर्णय गरिनेछ । दशैँअगावै तीन साताका लागि भए पनि माथिल्लो तहको कक्षा भौतिक रूपमा नै पठनपाठन गर्नु उपयुक्त हुने सुझाव विभिन्न क्षेत्रबाट आएको जनाइेको छ । उहाँले आसपासका स्थानीय तहले भौतिक रूपमा विद्यालय सञ्चालन गर्न थालिसकेका कारण महानगरका विद्यालयहरू पनि सोहीअनुसार सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताए ।

कक्षा आठभन्दा तल्लो तहको कक्षा भने तिहारपछि मात्र भौतिक उपस्थितिमा सञ्चालन हुने सम्भावना छ । स्थानीय तहको कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रुपमा सञ्चालन गर्ने या नगर्ने अधिकार स्थानीय तहलाई दीएको छ ।

ललितपुर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत शेषकान्त पौडेलले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालन गर्न सकिने बताउँदै अनुगमन समितिले सोको अनुगमन गर्ने निर्णय भएको जानकारी दिए ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *