एससीसीको सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजी माग गरिएको मुद्दामाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एससीसी)को सम्बन्धमा गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति खारेजी माग गरिएको मुद्दामाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

गृहले भदौ १८ गते एक विज्ञप्ति निकालेर एमसीसीबारे नकारात्मक टिप्पणी नगर्न भनेको थियो । गृहको उक्त विज्ञप्ति खारेजीको माग गर्दै अधिवक्ता प्रवेश केसीलगायतले भदौ २३ गते सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

सोही रिट निवेदनमाथि बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ हुने सर्वोच्चले जनाएको छ । रिटमा विज्ञप्तिले नागरिक र सञ्चारमाध्यमलाई नियन्त्रण गरेर अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजिएको बताइएको छ । रिटमा नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाप्रतिकूल जारी गरिएको विज्ञप्ति बदर गर्न माग गरिएकाे छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *