हाम्रो कारणले बजेट कार्यान्वयनमा समस्या आएको होइन

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्नो पार्टीका कारणले बजेट कार्यान्वयनमा ढिलाई नभैइ राजनीतिक द्वन्द्वका कारणले भएको प्रष्ट पारेको छ । महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्तिमार्फत सो कुरा प्रष्ट पारेका हुन ।

महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राजनीतिक द्वन्द्वका कारणले बजेट निर्माण र कार्यान्वयनमा ढिलाई हुँदा राज्य सञ्चालनमा समस्या उत्पन्न भएको हो, कानुनी व्यवस्थाअनुरुप बजेट अध्यादेशलाई संसदमा प्रस्तुत गरी पारित गर्नुपर्दथ्यो । तर सरकारले प्रतिनिधिसभा बैठक सुरु भएपछि बजेट पारित गर्ने कुरालाई महत्व नदीइ सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको छ।”

यतिबेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको भ्रम सिर्जना गरिरहेको छ उनले टिप्पणी गरेका छन । दल विभाजनसम्बन्धी अध्यादेश जारी हुनुपूर्व नै प्रतिपक्षी दलका सांसदहरूमाथि गरिएको कारवाहीको सूचना प्रकाशित नगरी दल विभाजनलाई प्रोत्साहन दिने काम सभामुखको तर्फबाट भएको उनले आरोप लगाएका छन । आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेकाे पनि महासचिव पोखरेलले बताए ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *