संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पक्राउ

Breaking News समाचार
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – संखुवासभाको हत्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ। मृतक रञ्जनाको मोबाइल आरोपी कार्कीका भाइको हातबाट फेला पारेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

लोकबहादुर कार्कीका भाई नरेश कार्की हत्याको प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए। उनका अनुसार रञ्जनाको सुत्ने कोठामा गएर नरेशले मोबाइल लिएको आशंका गरिएको छ।हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हराएको थियो ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *