चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको वाइडवडी जहाज आज राती ११ बजे बेइजिङ उड्ने

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खाेप लिन नेपाल वायुसेवा निगमको वाइडवडी जहाज आज (बिहीबार) राती ११ बजे बेइजिङ उड्ने भएको छ ।

सरकारले चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप लिन निगमले जहाज पठाउने निर्णय गरेको निगमका अपरेसन प्रमुख वरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो ।

वाइडबडी ३३० जहाज पहिलाे खेप खोप लिएर शुक्रबार दिउँसो दुई बजे आइ पुग्ने उहाँको भनाइ छ । बुधबार साँझ ६ बजे बेइजिङ जाने तयारी गरे पनि प्राविधिक कारणले जहाज उड्न नसकेपछि बिहीबार उड्ने भएको विभागले जनाएको छ ।


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *