सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका प्रयोगकर्ता प्रभावित, प्राबिधिक त्रुटीका कारण यती लामो समय सम्मका लागी नचलेको यो पहिलो पटक

Breaking News समाचार सूचना प्रविधि
शेयर गर्नु होला

लंडन – सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम हिजो बेलुका लामो सम्म चलेका छैनन। प्राबिधिक त्रुटीका कारण सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम यती लामो समय सम्मका लागी नचलेको यो पहिलो पटक हो।

फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम सेवाहरु फेसबुक को स्वामित्व मा रहेका छन् र वेब वा स्मार्टफोनका प्रयोगकर्ता हरु हिजो बेलुका घंटौ सम्म तिनै वोटा सामाजिक सञ्जालको प्रयोग गर्न बाट बन्चित रहेका थिए। फेसबुक डाउन भएसँगै मेसेन्जरले पनि काम गर्न छोडेको छ।

डाउनडिटेक्टर जस्ले सामाजिक सञ्जालको आउटेज ट्र्याक गर्दछ, उक्तले व्हाट्सएप को लागी लगभग ८०,००० र फेसबुक को लागी ५०,००० भन्दा बढी रिपोर्ट दर्ज भएको बताएकोछ। सोही वेबसाइट बाट डाटा आउटेजका कारण बिश्व भरीका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामका प्रयोगकर्ताहरुको अकाउंटहरु लाई प्रभावित गरीरहेको बताएको छ।

केहि प्रयोगकर्ताहरुले फेसबुक को भर्चुअल रियलिटी हेडसेट प्लेटफर्म, ओकुलुस् मा पनी समस्या रहेको रिपोर्ट गरेका छन भने एप्स जसलाई फेसबुक लगइन को आवश्यकता पर्दछ छ, समेत प्रभावित भएका छन जस मध्ये पोकेमोन गो निकै नै प्रभावित भएको रिपोट प्राप्त भएको फेसबुकले बताएको छ।

उक्त समस्यालाई मध्यनजर गर्दै फेसबुकले आफुहरुलाई यस समस्याको बारेमा जानकारी रहेको र आफ्नो टिमले जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्कन को लागी काम गरीरहेको बताउदै असुविधा को लागी क्षमा मागेको छ। हुनत समय समया फेसबुक डाउन हुदै गरेको देखिएको छ तर यसरी यती लामो समय संगका लागी नचलकेओ भने यो पहिलो पटक रहेको छ। सोही कुरालाई लिएर हिजो बेलुका देखी सामाजिक संजाल ट्विटरमा फेसबुक सम्बंधी मजाक बनायिएको ट्विटर हरु समेत हेर्न पाईन्छ।

तर हालको अवस्था सम्म समस्या को कुनै आधिकारिक कारण भने सार्बजनिक गरिएको छैन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *