विराटनगर – परराष्ट्रमन्त्री डा। नारायण खडकाले दलीय सहमति नभैइ मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र अर्ली इलेक्सनको सम्भब नभएको बताएका छन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग शनिबार कुराकानी गर्दै मन्त्री खड्काले एमसीसी सबै दलको सहमतिमा मात्र पारित हुने बताए ।
सरकारले सहमति बनाउने प्रयत्न गरिरहेको उनको भनाई छ । ‘हामी सहमतिको प्रयासमा छौं, दलहरुबीच सहमति नभए एमसीसी पास गर्न सम्भव हुँदैन,’ मन्त्री खड्काले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दलबीच सहमति कायम गरेर अघि बढ्नेमा कुनै आशंका नरहेको बताएका छन। गठबन्धन दलहरुबीचकै सहमतिमा प्रदेश सरकारको नेतृत्वको विषय पनि टुंगिने मन्त्री खड्काले बताए ।