टी–२० विश्वकप – आज भारत भर्सेस पाकिस्तान

खेलकुद
शेयर गर्नु होला

एजेन्सि – आपसी राजनीतिक सम्बन्ध चिसिएको समय दुबैइको गर्मीमा भारत र पाकिस्तानका क्रिकेट टिम टी–२० विश्वकपमा भिड्दैछन् । यो खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

१ अर्ब ३९ लाखभन्दा धेरै जनसङ्ख्या रहेको भारत र २२ करोडभन्दा धेरै जनसङ्ख्या रहेको पाकिस्तानबीचको क्रिकेट खेल विश्वका धेरै जनसङ्ख्याले सरोकार राख्ने खेलमध्ये एक हो । त्यही कारण, यी दुवै टिमबीचका हरेक खेल महत्त्वपूर्ण मानिन्छन् । अझै, विश्वकपमा त स्वाभाविक रूपमा टिमका खेलाडीहरूमाथि जित्नुपर्ने दबाब पर्ने नै भयो ।

दुई टिमबीच पछिल्लो पटक २०१९ को एकदिवसीय विश्वकपमा समूह चरणमा भेट भएको थियो । यस खेल जित्दै भारतले विश्वकपमा पाकिस्तानविरुद्धको आफ्नो अजेय यात्रा निरन्तर जारी राख्यो ।

आइसिसी एकदिवसीय विश्वकप र टी–२० विश्वकप समेत जोड्दा दुई टिमबीच १२ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये सबै खेल भारतले जितेको छ । सन् २००७ को टी–२० विश्वकपमा खेल बराबरी भएपछि बल–अफबाट निर्णय लीएको थियो, जसमा पनि भारत नै विजयी रह्यो । भारतले हासिल गरेका यी जीतमध्ये ७ वटा जीत एकदिवसीय खेलमा हो । टी–२० मा बल–अफ समेत जोड्दा उसले पाँचपटक पाकिस्तानलाई हराएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *