सर्वोच्च अदालत बार एसोसिएसन द्वारा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाल बार एशोसियशनले प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो जिम्मेवारी सम्हाल्न सक्नु नभएका कारण अब उहाँले निकास दिनुपर्ने निष्कर्श निकालेको छ । सर्वोच्च अदालतको १४ जना महान्यायधीशहरुले बैठकमा जान नसकिने भनेर बहिष्कार गर्नेु मंगलबार दिउँसो साढे १ बजे बैठक बस्ने भनिएपनि प्रधानन्यायधीशको उपस्थिति र प्रतिक्रिया केहीपनि नभएको एशोसियशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो ।

‘भोलि साढे ११ बजे सर्बाेच्चका न्यायधीशहरुले प्रधानन्यायधीशसँग भेट्दैछन् । प्रधानन्यायधीशले बोकेको मुख्य जिम्मेवारी उहाँले सम्हाल्न सक्नुहुन्नँ । जनताबाट न्याय पाउनुपर्छ, अब उहाँले निकास दिनुपर्दछ । न्यायपालिकालाई बन्दी राख्नुहुँदैन ।’, पत्रकारहरुसँग बोल्नुहुँदै श्रेष्ठले बताउनुभयो ।

यस विषयमा नेपाल बार एशोसियशनले भोलि बिहान ११ बजे एशोसियशनका सल्लाहकार, पूर्व पदाधिकारी र वरिष्ठ अधिवक्ताहरुसँग पुनः छलफल गर्ने भएको छ । यस पश्चात् कसरी अगाडि बढ्ने भन्ने विषयले औपचारिकता पाउने श्रेष्ठ बताउनुहुन्छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *