प्रधानन्यायाधीश जबराको जवाफ – सडकमा माग्दैमा राजीनामा दिन्नँ

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा नदिने अडान लिएका छन्। प्रधानन्यायाधीशले मन्त्रीको नियुक्तिमा भागबण्डा लिएको आरोप लगाउँदै बार एसोसिएसन, पूर्व प्रधानन्यायाधीशहरु, नागरिक समाज लगायतले उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए।

तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।

उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ । अहिले जबरालाई भेटेका न्यायाधीशहरु पुन: छलफलमा छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *