एजेन्सि – जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेकी छन्। सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ।
कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए। जापानको कानुनानुसार “जनता”सँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन। राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन्। अनि राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरिन्।यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन्।
नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ। कोमुरो अमेरिकामा वकिल छन्। माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ। केहीले उनीहरूलाई “जापानका ह्यारी र मेगन” को सङ्ज्ञा दिएका छन्।
राजकुमारी माको मङ्गलवार स्थानीय समयानुसार बिहान १० बजे टोक्योस्थित आफ्नो निवासबाट विवाह दर्ता गर्न बाहिर निस्किएकी थीन्। त्यसाघि उनले आफ्ना बुवा युवराज फुमिहितो र युवराज्ञी किकोलाई निहुरिएर अभिवादन गरेकी थीईन्। दरबारबाट बाहिर निस्किनुअघि उनले आफ्नी बहिनीलाई अँगालो हालेको क्योदोमा प्रकाशित समाचारमा उल्लिखित छ।बिबीसीबाट