काठमांडौ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जान्कारी अनुशार गएको २४ घंटामा नेपाल भरी ७३४२७ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन।
मन्त्रालयले गराएको जान्कारी अनुशार गएको २४ मा देश भरी कोभिसिल्ड खोपको पहिलो मात्रा २१२१ जनाले लगाएका छन भने दोस्रो मात्रा २५८५ जनाले लगाएका छन। त्यसैगरी भेरोसेल खोप पहिलो मात्रा ८७२३ जनाले लगाएका छन भने दोस्रो मात्रा ५९९९८ जनाले लगाएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जान्कारी अनुशार मंगलबार कार्तिक ९ गते सम्म देश भरी कोभिसिल्ड खोपको पहिलो मात्रा २८ लाख ६८ हजार ३५५ जनाले ले लगाएका छन् भने १५ लाख ६५ हजार १७ जनाले दोस्रो मात्राका खोप लगाएका छन् ।
त्यस्तै भेरोसेल खोप पहिलो मात्रा ५७ लाख ६३ हजार ९३८ जनाले लगाएका छन् भने दोस्रो मात्रा ३६ लाख १ हजार ३९१ जनाले लगाएका छन।
साथै एक मात्रा मात्र लगाए पुग्ने जोनसन-जोनसन खोपको कुरा गर्दा हाल सम्म १५ लाख ४३ हजार ४९७ जनाले लगाएका छन्।
हाल नेपालमा कोरोना भाईरस बिरुद्धको तिन मुख्य खोपहरु प्रयोगमा आएका छन जस्मा कोभिशिल्ड, भेरोसोल र जोनसन & जोनसन रहेका छन।