काठमांडौ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै नेपाल बार एशोसियशनले हिजो निकालेको बिज्ञप्ती पस्चात कानुन व्यवसायीहरुले अदालतमा कुनै मुद्दा बहश नगर्ने भनीरहेको बेला र बिरोध स्वरुप न्यायाधीसहरुले कुनै मुद्दा नहेर्नै भनिए पस्चात हिजो बेलुका कानुन व्यवसायी तथा उन्नत लोकतन्त्र पार्टीका अधक्ष्य स्वागत नेपालले कानुन व्यवसायीहरुलाई जनतालाई दुःख नदिन र जनताका लागि आवाज उठाइदिन अनुरोध गरेका छन।
हिजो बेलुका आफ्नो सामाजिक संजाल फेसबुकमा एेउटा पोष्ट गर्दै कानुन व्यवसायी तथा उन्नत लोकतन्त्र पार्टीका अधक्ष्य स्वागत नेपालले सब न्यायाधीसहरुलाई अनुरोध गर्न सर्वोच्च जान अनुरोध गरेका छन। साथै उनले न्यायाधीसहरुले बन्दीप्रत्यक्षीकरण जस्तो मुद्दा नहेर्नु भनेको मर्न लागेको विरामीलाई म आन्दोलनमा छु हेर्दिनँ भनेर डाक्टरले नै मर्न दिएजस्तो हो बताएका छन।
साथै अधक्ष्य स्वागत नेपालले बिनाकारण हत्कडी लगाएर पक्राउ पुर्जी पनि नदिई अपहरण शैलीमा पक्राउ परेका जनताको सम्बन्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीसहरुले हेर्नैपर्छ भनी न्यायाधीसहरुलाई अरु मागहरु राख्न सल्लाह दिदै जनतालाई दुःख दिन अनुरोध गरेका छन।
फेसबुकमा अधक्ष्य स्वागत नेपाल लेख्दछन , “न्यायाधीसहरुलाई अनुरोध गर्न सर्वोच्च जाऔं !
बन्दीप्रत्यक्षीकरण जस्तो मुद्दा नहेर्नु भनेको मर्न लागेको विरामीलाई म आन्दोलनमा छु हेर्दिनँ भनेर डाक्टरले नै मर्न दिएजस्तो हो । बिनाकारण हत्कडी लगाएर पक्राउ पुर्जी पनि नदिई अपहरण शैलीमा पक्राउ परेका जनताको सम्बन्धमा बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्नैपर्छ न्यायाधीसहरुले । अरु मागहरु राखून् । तर, जनतालाई दुःख दिन पाइन्न । त्यसैले बुधबार विहान एकदम ठीक समय १० बज्दा हामी जनताको पक्षमा बोल्न चाहने कानुन व्यवसायीहरु सर्वोच्च अदालत पुगेर न्यायाधीसहरुलाई अनुरोध गरौं कम्तिमा बन्दीका मुद्दा चाहिँ हेरिदिनुहोस् भनेर । यसका लागि सबै कानुन व्यवसायीहरुलाई हामी जनताका लागि आवाज उठाइदिन अनुरोध पनि गर्दर्छौँ ।”