बागमती प्रदेश – मुख्यमन्त्रीकोे छिनोफानो आज

Breaking News राजनीति
शेयर गर्नु होला

काठमान्डौ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) विश्वासको मत लिने भएकी छन् । आज दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्।

मुख्यमन्त्री शाक्य अल्पमतमा परेसँगै गत असोज २४ गते विश्वासको मत प्राप्त गर्न प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरिएको थियो । प्रस्तावमाथि प्रदेश सभाको गत बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थीइन ।

गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताउँदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न र सहजरूपमा सत्ता हस्तान्तरण गर्न आग्रह गरेका थिए  । प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बुधबारको बैठकमा विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढ्ने बताएका छन । बुधबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतका लागि पेस गर्नुभएको प्रस्तावको पक्षमा प्रदेश सभाका सदस्यहरूले बोल्न चाहेमा समय दीने भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *