मङ्सिरदेखि बिजुलीको नयाँ दर

समाचार
शेयर गर्नु होला

काठमाडौ – मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने जानकारी दिनुभएको छ । मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, उनले भने, “यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि घरायसी खपतलाई बिजुली सस्तो बनाएको छ । ” उनले सरकारले साझा यातायातमार्पम्त ठूला विद्युतीय सवारी सञ्चालन गर्न खोजिरहेको पनि जानकारी दिए ।

उनले नेपालले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न स्वच्छ ऊर्जा प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्ने बताए । पछिल्लो समय असामयिक वर्षा र बाढीका कारण ठूलो जनधनको क्षति बेहोर्नु परेको र ती पनि जलवायु परिवर्तनका असर रहेको भन्दै मन्त्री भुसालले यसको न्यूनीकरणमा सबै पक्ष संवेदनशील हुनु पर्ने औँल्याए।गोरखापत्रबाट


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *