चीनबाट थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ ।

स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो।

सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो । सोही अनुसार पहिलो चरणमा आज १० लाख २० हजार डोज खोप आएको ढुङ्गानाले बताउनुभयो । खोपलाई टेकुस्थित भण्डारणमा राखिनेछ ।

यसअघि पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कुल एक करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको उहाँले बताउनुभयो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *