पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमणका कारण ८ जनाको मृत्यु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज भएको डेली ब्रिफिंगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको जानकारी अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालको अवस्था सम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *