काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरुले राजीनामा दिनुपर्छ भन्ने कुरा नाजायज र अनुचित भएको बताएका छन् ।
बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले केपीले ओलीले परमादेश जारी गर्ने सबै न्यायाधीशलाई हटाउनुपर्छ भन्नु गलत भएको बताए ।
अर्ली इलेक्सन हुँदैन, अहिले हुने प्रतिनिधिसभाको उपचुनाव हुन्छ, राष्ट्रिय सभाको चुनाव हुन्छ अध्यक्ष नेपालले भने, हामी अहिलेकै गठवन्धनबाट चुनावमा जाने सोचमा छौ ।
\एमालेसँग एक्लै चुनाव लड्ने आँट नभएर गठवन्धन बनाएर चुनाव लड्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले हिजो एमालले पनि राप्रपा र माओवादीसित गठवन्धन गरेको स्मरण गरे ।