मन्त्री झाँक्री अस्पतालमा भर्ना

समाचार
शेयर गर्नु होला

काठमाडौ – सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिए ।

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भन्नुभयो, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो । अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भैरहेको उनले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *