प्रतिनिधि सभा बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – प्रतिनिधि सभा बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनुभएको थियो ।

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

सभामुख सापकोटाले कात्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *