काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आठ वटा इजलासमा पेशी तोक्नुभएको छ । शुक्रबार प्रधानन्यायाधीश जबराले मुद्दाको सुनुवाइका लागि आठ वटा इजलासमा पेशी तोक्नुभएको हो ।
प्रधानन्यायाधीश जबरा र न्यायाधीश डा। कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ । अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ । तर अहिलेसम्म सुनुवाइ शुरु भएको भएको छैन ।
प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै अन्य न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएकाले गत सोमबारदेखि मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्या समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेको थिएन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै अन्य न्यायाधीशलाई संविधान र कानूनबमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको थियो ।