काठमाडौं – आज देखी फेरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेको छ । यस्तै आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।
भारतीय आयल निगमले अक्टोबर १६ मा पठाएको मूल्यसूचीअनुसार १५ दिनमा २ अर्ब २२ करोड घाटा देखिएपछि निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो ।