काठमाडौ – काठमाडौँ महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले सुन्धारास्थित गुलाब मिठाई पसललाई दुुई लाख रुपियाँ जरिवाना गरेको छ ।
समितिले गरेको अनुगमनका क्रममा पसलको भान्छामा म्याद सकिएका रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको, उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको पाइेपछि जरिवाना गरिएको हो ।
महानगरका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले भने , “यसाघि दीएका निर्देशनको पालना नगरेर अटेरी गरेपछि जरिवाना तिराएका हौँ ।” गुलाबमा भेटिएका सामग्री खाद्य सुरक्षाका कोणबाट गम्भीर असर पु-याउन सक्ने खालका हुनर । अनुगमनमा रहनुभएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक कौशल ओझा भन्नुहुन्छ, “जुन मिठाई पसलमा गयो, त्यहीँ समस्या छ । ”
त्यस्तै महानगरले अनुुगमनका क्रममा लाजिम्पाटको तृष्णा मिठाई पसल र निखिलेश्वरम मिठाई पसलमा गरेको अनुगमनका क्रममा हाइड्रोका बटरटा भेटरटाएको हो। विभागका खाद्यविज्ञ ईश्वर सुवेदीले हाइड्रो कपडा सेतो बनाउन प्रयोग गरिने रसाइन वा अखाद्य वस्तु भएकाले यो मिठाईमा प्रयोग गर्नु स्वास्थ्यका लागि घातक भएको बताए ।
यसको उपभोगले तत्काल कसैकसैलाई झाडाबान्ता हुने गरे पनि दीर्घकालमा आन्द्राको क्यान्सर हुनसक्ने उहाँको भनाइ छ । ती पसललाई १०१० हजार रुपियाँका दरले जरिवाना गरेको जनाएको छ ।गोरखापत्रबाट