बेलायतमा रहेका गैरआवासीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

(तस्बिर सौजन्य : गोरखापत्र अनलाइन बाट)

लंडन – हाल बेलायत भ्रमण रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यहा रहेका गैरआवासीय नेपालीलाई मातृभूमिको सामाजिक–आर्थिक उन्नयनका निम्ति बेलायती लगानी भित्र्याउन सक्रियातापूर्वक लाग्न आग्रह गरेका छन्।

हिजो गैरआवासीय नेपाली संगठन युके शाखा द्वारा आयोजनामा गरिएको कार्यक्रममा प्रधानमन्त्रीले वैदेशिक लगानी भित्र्याउनका लागि लगानीकर्तालाई नेपाल सरकारले के–के सुविधा दिनुपर्ने हो, त्यसका निम्ति सरकार तयार रहेको बताए।

गैरआवासीय नेपालीका नेपाली नागरिकता र प्रवेशाज्ञाप्राप्ति लगायत समस्या राजनीतिक दलको सहमतिमा संसदबाट पारित गर्नुपर्ने भएकाले सबैको समझदारीमा मिलेर जानुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए।

गैरआवासीय संघ युके शाखाका संरक्षक शेरबहादुर सुनारले भूतपूर्व गोर्खा सैनिकका समस्या सामाधानका लागि विशेष प्रयास गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय खाका संरचना महासन्धिको पक्ष राष्ट्रको २६औँ सम्मेलन ९कोप–२६०अन्तर्गत यही कात्तिक १५ गते हुने विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लन्डनमा रहेका प्रधानमन्त्री हिजो शनिबार नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रममा सहभागी भएका थिए।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *