लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा – नेता सिंह

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा रहेको बताएका छन । काँग्रेस कीर्तिपुर नगर कार्यसमितिले आज यहाँ आयोजना गरेको पदस्थापन कार्यक्रममा उनले मुलुकमा लोकतन्त्र जोगाउने जिम्मा काँग्रेसको काँधमा रहेको बताएका हुन ।

“देशमा लोकतन्त्र जोगाउन पार्टीमा विधि पद्धति जोगाउन जरुरी छ”, उनले भने, “पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउन आफू पार्टी सभापति बन्नुपर्ने हुन्छ ।“ नेता सिंहले पार्टीलाई विधिसम्मत तरिकाले अगाडि बढाउन आफूलाई सबै कार्यकर्ताले साथ दिनुपर्नेमा जोड दिए ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले अघिल्लो सरकारले न्यायपालिकामा हस्तक्षेप गर्दा न्यायलयमा अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्दै अदालतलगायत निकायमा राजनीतिक नियुक्ति संविधानको भावना विपरीत गर्दा अहिलेको अवस्था उत्पन्न भएको जिकिर गरे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *