सर्वोच्च अदालत परिसरमा कालो पट्टी र सेतो पट्टीको प्रदर्शन

Breaking News राजनीति समाचार
शेयर गर्नु होला

काठमाडौं – केही दिन अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आज देखी सर्वोच्च अदालत प्रांगणमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै धर्नामा बसेको छ । धर्नाका क्रममा कानुन व्यवसायीहरुले हाथमा कालो पट्टी बानी प्रदर्शन गरेका थिए भनी सोही बिरोधलाई काउन्टर दिन कानुन व्यवसायीहरुको अर्को समुहले सेतोपट्टी बाँधेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा उत्रिएका थिए।

नेपाल बार एसोसिएसनका महासचिवले आजदेखि शुक्रबारको निर्णय अनुसार आफूहरू धर्नामा गएको बताए । प्रधानन्यायाधीशविरुद्धको इजलास बहिष्कार र न्यायालयमा देखिएका विकृतिका विरुद्ध आफुहरु धर्नामा बसेको बताएका छन ।

अर्को तिर अधिवक्ताहरू स्वागत नेपाल, भूमिनन्द चूडाल, आकृति रायामाझीलगायत कानुन व्यवसायीहरुले प्रधानन्यायाधीशले राजीनामा दिन नहुने भन्दै सेतो पट्टी बाँधेर प्रदर्शन गरेका थिए । साथै बारले केही काम राम्रो गरेकोले त्यसको समर्थन तर केही नराम्रो काम पनि गरेकोले त्यसको विरोधमा हातमा कालो र सेतो दुबै पट्टी बाँधिएको र यो अन्तराष्ट्रिय अभ्याससमेत भएको यसरी प्रदर्शन गर्ने कानून व्यवसायी स्वागत नेपालले बताए । कानून व्यवसायी नेपालले न्याय क्षेत्रको भ्रष्टाचार र बेथितिविरुद्ध आफूहरु सहमत भए पनि न्यायनिरुपणको हकबाट नागरिकहरु बन्चित भएको विषयमा सहमत नभएकाले सेतो पट्टी बाँधेर प्रदर्शन गरेको बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *