काठमाडौं – प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले सरकारले गरेका कामबारे जानकारी गराएर राजीनामा दिएका हुन ।
आचार्य गत भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । प्रदेश सभा बैठकमा आज उहाँको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर, बहुमत नपुग्ने भएपछि उनले राजीनामा दिएका हुन ।
प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य छन । प्रदेसभामा सभामुखसहित एमालेका ४१, नेपाली कांग्रेसका २१, नेकपा माओपादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाका एक जना प्रदेश सांसद छन। विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ ।