बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरुद्वारा मुद्दा हेर्ने निर्णय

समाचार
शेयर गर्नु होला

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजबाट काममा फर्किएका छन्।

आठ दिनदेखि न्यायालय सुधारको माग गर्दै बेन्च बहिष्कार गर्दै आउनुभएका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गर्नुभएको हो । सोमबार बिहान बसेको न्यायाधीशहरुको बैटक्बात् सो निर्णय गरेका हुन ।

बैठकको निर्णयसँगै इजलास शुरु भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज छ वटा इजलास तोकेका थिए । सोमबारका लागि प्रधानन्यायाधीश जबराले चार वटा संयुक्त र दुई वटा एकल इजलास तोकेका हुन ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *