गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक

समाचार
शेयर गर्नु होला

काठमाडौ – गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै छ । अफगानी नागरिकहरु अवैध नेपाल प्रवेश गर्न थालेको र यसबारे सुरक्षा रणनीति तय गर्नेबारे विषयमा छलफल केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, नेपाली सेनाका रथी, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रहरी शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेललगायत सहभागी हुने प्रवक्ता पोखरेलले बताए ।

यस्तै बैठकमा चारवटा सुरक्षा निकायका प्रमुखसहित उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको छ। जारी बैठक नेपालमा विभिन्न देशबाट अवैध रुपमा नेपाल प्रवेश गर्ने विदेशी नागरिक बढे पछिको सुरक्षा चुनौती, सीमा नाका व्यवस्थापन र आन्तरिक सुरक्षा योजनाबारे केन्द्रित भएको बताइएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *