चौधौं महाधिवेशनबाट काँग्रेसको नेतृत्व परिवर्तन आवश्यक – नेता सिंह

राजनीति
शेयर गर्नु होला

काठमाडौं – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चौधौं केन्द्रीय महाधिवेशनबाट नेतृत्व परिवर्तन हुन आवश्यक रहेको बताएका छन । सोमबार पार्टीको भेटघाट कार्यक्रममा सिन्धुलीमा बोल्दै नेता सिंहले सो कुरा बताए ।

काँग्रेसको तेह्रौ महाधिवेशनपछि पार्टीका कार्यक्रमहरु प्रभावकारीरुपमा अगाडि बढ्न नसकेको पनि उनले बताए । आगामी महाधिवेशनबाट आगामी चुनौतीहरुलाई सामना गर्न सक्ने पार्टीको रुपमा काँग्रेसलाई स्थापित गर्न पनि नयाँ नेतृत्व चयन हुनुपर्ने उनले बताए । लोकतान्त्रिक व्यवस्थालाई संस्थागत एवम् सुदृढिकरण गर्दै अघि बढ्नुपर्ने सिंहले बताए ।

चौधौं महाधिवेशनमा सभापतिमा आफूले उम्मेदवारी दिने उनले पुन: दोहोर्याए । आफूले तल्लो तहदेखि नै पार्टीमा सेकेण्ड म्यानसम्म भएर काम गरिसकेकाले यस पटक सभापतिमा उम्मेदवारी दिने प्रष्ट पारे ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *