थप ३९० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

Breaking News समाचार स्वास्थ्य
शेयर गर्नु होला

काठमाडौं – पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७,६५४ रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।७ प्रतिशत रहेको जनाएको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा १९ सय १७ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *