काठमाण्डौ – पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१४ हजार ९१८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छण भनेयसैगरी, एक हजार ८१८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५४ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा ४३ हजार ३८० जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी नेपालमा हालसम्म सात हजार ६१२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।