प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

समाचार
शेयर गर्नु होला

काठमाडौं- सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषको बैठकले प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रमुखहरु परिवर्तन गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखहरु परिवर्तन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । मंगलबार मन्त्रिपरिषद्को बैठकबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिनुहुदै मन्त्री कार्कीले सरकारले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताए।

यस अघि रहेका प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी, कर्णालीका प्रमुख गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादव तत्कालीन केपी ओली सरकारको पालामा नियुक्त भएका थिए। उनीहरु तीनै जनालाई हटाएर देउवा सरकारले अहिले माओवादी, समाजवादी र कांग्रेसका कोटाबाट प्रदेश प्रमुख नियुक्तीको लागि सिफारिस गरेको हो। खापुङ जसपाबाट, परियार माओवादी केन्द्रबाट र जोशी कांग्रेसको कोटाबाट नियुक्त भएका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *