साओ पावलो – दक्षिण अमेरिकी छनोटान्तर्गत शनिबार उरुग्वेलाई हराएर अर्जेन्टिना विश्वकप फुटबलमा चयनको नजिक पुगेको छ । खेलको सातौँ मिनेटमा भेटरान विङर एन्जेल डि मारियाले गरेको गोल निर्णायक सावित भएको थियो ।
उरुग्वेका स्ट्राइकर लुइस सुवारेजको प्रहार गोलपोस्टमा लागेर फर्किँदा पनि अर्जेन्टिनाले जित हात पार्न सफल भयो । उरुग्वेविरुद्ध लियोनेल मेसीले १५ मिनेट मात्र मात्र मैदानमा उत्रिए। मेसीलाई अहिले घुँडाको चोटले सताइरहेको छ ।
दक्षिण अमेरिकी समूहबाट ब्राजिल चयन भैसकेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १२ खेलबाट २८ अङ्क छ । यस समूहबाट शीर्ष चारमा रहेका टिम सीधै विश्वकपमा खेल्न योग्य हुनेछन् । पाँचौँ स्थानमा रहेको टिमले प्लेअफ खेल्नुपर्नेछ । एपी