काठमाडौ – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई समाजवादको यात्रामा अगाडि बढाइने बताएका छन । नेकपा एस निकट प्रेस संगठनको राजधानीमा आयोजित प्रथम राष्ट्रिय भेलामा अध्यक्ष नेपालले सामाजिक न्याय, समानता र समृद्धिको यात्रामा पार्टीलाई अगाडि बढाउनुपर्ने बताएका हुन ।
देशको वर्तमान राजनीतिक परिस्थितिबारे विश्लेषण गर्नुहुदै उनले अहिलेको सन्दर्भमा दक्षिणपन्थी, प्रतिक्रियावादी तथा एकदलीय निरंकुश प्रवृत्तिविरुद्धको लडाइँमा रहेको बताए। यसका साथै देशभक्ति, सामूहिकता, लोकतान्त्रिक मूल्य र मान्यता एवम् अग्रगमनको बाटोमा आफूहरु रहेको उनले स्पष्ट पारे ।
भ्रष्टाचार, अनियमितता, शोषणा र सबैखाले भेदभावविरुद्ध लड्दै नेपाली विशेषताको समाजवादमा पार्टीलाई अगाडि बढाइने उनको धारणा छ । यस लगायत आमसञ्चार माध्यमले नै जनतालाई सूसुचित बनाउनेहुदा सत्य(तथ्यमा आधारित सूचना तथा समाचारहरु सम्प्रेषण गर्नुपर्ने सझाव पनि उनले राखे । यससँगै पत्रकारहरुले यश क्षेत्रको विसंगतिमा सुधार ल्याउदै क्षमता अभिवृद्धि गर्नुपर्नेमा पनि उनले जोड दिए।