काठमाडौं- पहिलो पटक आइसिसी टी-२० विश्वकपको उपाधि जित्ने दाउमा रहेका अष्ट्रेलिया र न्युजिल्याण्ड आज आइतबार फाइनल भिड्दै छन्।
दुबैइ क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । पहिलो पटक उपाधि जित्ने योजनामा रहेका दुबै टोली एक अर्काविरुद्ध आक्रमक रुपमा प्रस्तुत हुने देखिन्छ। फाइनल अघि टसले समेत खेलको नतिजामा ठूलो असर गर्ने देखिन्छ। जारी विश्वकपको फाइनलसम्म आइपुग्दा पहिला टस जित्ने टोलीले अधिकांश खेल जित्दै आएको छ।
यसाघि सेमिफाइनल खेलमा न्युजिल्याण्ड इंग्ल्याण्डलाई ५ विकेटले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनल अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो। एकदिवसीय क्रिकेटमा भने दुबै टोलीले उपाधि हात पार्दा टी–ट्वान्टीमा भने दुबै टोली उपाधिविहीन छन्।