मुस्ताङमा हिमपहिरो जादा भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ पुग्यो, १५० चौंरी हराएको जानकारी

Breaking News समाचार
शेयर गर्नु होला

थासाङ गाउँपालिका, मुस्ताङ — आइतबार बिहान साढे १० देखि ११ बजेतिर मुस्ताङको थासाङ गाउँपालिका-२ नाउरीकोटको सिरानमा पर्ने मानापाथी हिमालको फेदीबाट गएको भीषण हिमपहिरो जादा भागदौड मच्चिँदा घाइते हुनेको संख्या ११ पुगेको छ ।

पेअहरीले गराएको जानकारी अनुसार २ शिक्षिका , १ कर्मचारी , १ शिक्षक र ७ विद्यार्थी घाइते भएको जनाईेको छ भने भागदौडमा घाइते भएकाहरूको जोमसोम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

साथै थासाङ गाउँपालिका– २ का अध्यक्षले गराउनु भएको जानकारी अनुसार दुई परिवारको चौरी गोठ पहिरोले पुरेको छ । दुई जना कृषक सकेन्द्र गौचन र भिमप्रसाद थकालीले त्यस क्षेत्रमा १५० चौरी पालेकोमा हिमपहिरो जाँदा सबै चौंरी पुरिएको अध्यक्ष हिराचनले बताउनुभयो । वडा अध्यक्ष हिराचनकाअनुसार हिमपहिरो जाँदा रत्नदेवी तुलाचनको घरमा क्षति भएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *