काठमाडौं – स्वागत नेपाल लगायत अन्य कानुन व्यवसायीहरुलाई प्रहरीले आज बार परिसरबाट पक्राउ गरेको छ।
स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानद्वारा अनसन बस्न लाग्दा प्रहरीले हस्तक्षेप गरी तोयानाथ ढुंगाना, कृष्ण प्रसाईं, नवीन मैनाली र स्वागत नेपाल समेतलाई बार परिसरबाटै पक्राउ गरेको छ।
हरिकृष्ण कार्कीको प्रतिवेदन लागू गरी सबै न्यायाधिस र भ्रष्ट विचौलियालाई कानुन बमोजिम कारवाही गरिनु पर्ने माग सहित स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानका व्यवसायीहरु अनसन बस्न लाग्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।