नेपाल बारको निर्णय – प्रधानन्यायाधीशसँग वार्ता नगर्ने

Breaking News समाचार
शेयर गर्नु होला

काठमाडौ – नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग वार्ता नगर्न जनाएकाे छ । नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग सम्वाद गर्नुको कुनै औचित्य नरहेको जानकारी दिदै साे कुरा बताएका हुन।

प्रधानन्यायाधीश जबराले आन्दोलित कानुन व्यवसायीहरुलाई सम्वादका लागि आह्वान गरेका थिए । सर्वोच्च अदालत परिसरमा बारको नेतृत्वमा कानुन व्यवसायी धर्नामा बसिरहेकाे बेला जबराले विज्ञप्ति मार्फत सम्वादमा आउन आह्वान गरेका थिए ।

यता, बारका अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबरासँग वार्ता गर्न तयार नभएकाले राजीनामा दिएर निकास गर्नुपर्ने बताए । ‘हामी वार्तामा बस्दैनौं, ’ उनले भने, ‘तत्काल उहाँले राजीनामा दिनुपर्छ ।’तस्बिर गोरखापत्र दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *