विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिंदै छन् । गत कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त राईले आज साढे १२ बजे बस्ने बैठकबाट विश्वासको मत लिनेछन ।
मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभाबाट विश्वासको मत लिदै हुनुहुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव कात्तिक २८ गते नै प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन ।प्रदेश १ को ९३ सदस्यीय प्रदेशसभामा हाल ९२ सदस्य कायम छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेपछि ताप्लेजुङका सांसद टंक आङ्बुहाङको पद रिक्त भएको थियो ।
मुख्यमन्त्री राईलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गठबन्धनका ५० सांसदको समर्थन रहेको छ । मुख्यमन्त्री राईले गठबन्धनको सबै मत कायम रहने विश्वास व्यक्त गरेका छन ।