काठमान्डौ – सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन ।
सर्वोच्च अदालत परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बिहीबार बल प्रयोग गरेको हो । बल प्रयोगबाट घाइते भएका बार अध्यक्ष श्रेष्ठलाई अस्पताल लैजाँदै गरेको प्रदर्शनस्थलमा माइकिङ गरेर कानून व्यवसायीहरुले जानकारी दिएका छन ।
कार्यपालिकासँग मिलेर राजनीतिक भागबण्डा खोजेकोलगायतका आरोप लगाउँदै जबराको राजीनामा माग्दै बार केही सातादेखि आन्दोलनमा छ भने सर्वाेच्चकै न्यायाधीशले इजलास बहिस्कार गर्दै आएका छन। प्रधानन्यायाधीश जबराले संवादबाट समाधान खोज्न गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै आएका छन्।