अफगान महिला फुटबलरहरूको असाधारण उद्धार , अमेरिकी मोडेल किम कार्दशियन – वेस्टको सहयोगमा चार्टर्ड बिमान द्वारा बेलायत लगियो

Breaking News अन्तर्राष्ट्रिय समाचार
शेयर गर्नु होला

काबुल – तालिबानले सत्ता कब्जा गरेपछि सुरु भएको असाधारण उद्धार प्रयासको परिणाम स्वरुप अफगान महिला फुटबलरहरूको एउटा समूह बेलायतका लागी उडेको छ।

१३ र १९ वर्षका बालबालिक र महिलाहरू पाकिस्तानबाट रातारात आइपुगेका थिए। महिलाहरुको उडान यहूदी सहायता संस्थाले गरेको थियो भने चार्टर्ड बिमानको सबै खर्च अमेरिकी मोडेल किम कार्दशियन-वेस्टले बेहोरेकि थियिन।

“यो मिशन पूरा भयो,” डेनमार्कबाट उनीहरूको उद्धारमा समन्वय गर्ने अफगानिस्तानको राष्ट्रिय महिला टोलीका पूर्व व्यवस्थापक खालिदा पोपलले भनिन्। “म यी केटीहरूबाट धेरै खुसी छु र गर्व गर्छु। उनीहरू आघातमा परेका थिए। उनीहरूले धेरै कुराहरू भोगेका छन् र बलियो रहन सफल भएका छन्। अब उनीहरूले नयाँ जीवन सुरु गर्न सक्छन् र स्वतन्त्रताको सास फेर्न सक्छन्।”

बालिकार महिलाहरूलाई लीड्स युनाइटेड फुटबल क्लबका अध्यक्ष एन्ड्रिया राड्रिजानीको समर्थन थियो। उद्धारका लागी एउटा चार्टर बिमानको व्यवस्थित गरिएको थियो, जस द्वारा १३० महिलाहरूको समूहलाई हिजो रातीनै स्टान्स्टेड एयरपोर्टका लागी उडान भरिएको थियो। बेलायत सरकार द्वारा लागु गरिएको स्वास्थ्य मापदंड अनुरुप उनीहरुलाई आगामी १० दिन क्वारेन्टाइनमा राखिने भएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *